एमाले लुम्बिनीका नेता थापालाई पुत्रीशोक, श्रीमतीको मृत्यु भएको केही दिनमै सुत्केरी छोरीले ज्यान गुमाईन

एमाले लुम्बिनीका नेता थापालाई पुत्रीशोक, श्रीमतीको मृत्यु भएको केही दिनमै सुत्केरी छोरीले ज्यान गुमाईन

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य कुमार थापा मगरलाई पुत्रीशोक परेको छ। उनकी २७ वर्षीया छोरी कृति थापा राजभण्डारीको उपमचारकै क्रममा काठमडौंको नर्भिक अस्पतालमा शनिबार मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । 

मुटुमा समस्या भएकी कृति कोरोना संक्रमित भएकी थिइन् । गत कात्तिक ८ गते महाराजगञ्जस्थित टिचिङअस्पतालमा अपरेसन गरी गर्भवती कृतिको पेटबाट बच्चा निकालिएको थियो । त्यसपछि भेन्टीलेटरमा रहेकी उनको एक हप्तामा मृत्यु भएको हो ।

नेपाल राष्ट्र बैक कार्यरत उनी म्यूजिक भिडियो टेलिफिल्म तथा चलचित्रहरुमा अभिनय पनि गरिसकेकी छिन् । हाल परराष्ट्र मन्त्रालयमा अधिकृतको रुपमा कार्यरत रवीन्द्र राजभण्डारीसँग कृतिको ११ महिना अघि मात्रै विवाह भएको थियो । 

थापाको श्रीमतीको १५ दिनअगाडि मृत्यु भएको थियो । श्रीमतीको मृत्यु भएको केही दिनमै छोरीको मृत्युले उनीमाथि अर्को बज्रपात परेको हो ।