चार महिनापछि राजीनामा दिने प्रधानन्यायाधीश राणाको प्रस्ताव

चार महिनापछि राजीनामा दिने प्रधानन्यायाधीश राणाको प्रस्ताव

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको जारी आन्दोलनलाई अझ कडा पार्ने भएको छ । हिजो देशभरका बार इकाइका पदाधिकारीहरूसँगको भर्चुअल छलफलपछि बारले भोलिदेखि सर्वोच्च अदालत केन्द्रित विरोध कार्यक्रमलाई निरन्तरता दिने बताएको हो ।

उसले काठमाडौं उपत्यकामा रहेका कानुन व्यवसायीलाई विरोध कार्यक्रममा सहभागी हुन आह्वानसमेत गरेको छ । देशभरका बार इकाइका पदाधिकारीहरूसँग राय, परामर्श कार्यक्रम जारी नै रहेकोले एक दुई दिनमै थप विरोधका कार्यक्रम प्रकाशित गरिने बारले जनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले अबको तीन महिनापछि विदामा बस्ने र त्यसको एक महिनापछि अवकाश हुनेगरी सम्मानजनक बहिर्गमनको खाका अघि सार्नुभएको बुझिएको छ ।

आफूसँग कुराकानी गर्न सर्वोच्च अदालतका न्यायाधीशहरुले गठन गरेको तीन सदस्यीय कार्यदलसँग उहाँले अमूर्त रुपमा यस्तो प्रस्ताव गरेको सर्वोच्च स्रोतले बतायो ।