महाधिवेशनबारे एमालेको १७ बुँदे सर्कुलर जारी

महाधिवेशनबारे एमालेको १७ बुँदे सर्कुलर जारी

काठमाडौं । नेकपा एमालेले आसन्न महाधिवेशनलाई मध्यनजर गर्दै कात्तिक २१ गते मातहतका कमिटीलाई १७ बुँदे अन्तरपार्टी निर्देशन–१४ (सर्कुलर) जारी गरेको छ । दशौँ महाधिवेशनका लागि प्रतिनिधि निर्वाचनमा केन्द्रीत भएर यसअघि जारी गरिएको सर्कुलरका सम्बन्धमा बुझाइ र कार्यान्वयनमा एकरुपता कायम गर्न पछिल्लो सर्कुलर जारी गरिएको बताइएको छ ।

अध्यक्ष केपी शर्मा ओलीद्वारा हस्ताक्षरित सर्कुलरमा महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्नका लागि आवश्यक निर्देशन र मापदण्डबारे सुझाइएको छ । यस्तै २२ जनसंगठनका केन्द्रीय कमिटीमा कार्यरत पार्टी सदस्यहरुबाट कम्तीमा दुई महिलासहित ५ जनाको दरले प्रतिनिधि निर्वाचित गर्ने पनि उल्लेख गरिएको छ ।

स्वच्छ, निष्पक्ष र पारदर्शी ढंगले प्रतिनिधि चयन गर्न पनि सर्कुलरमा भनिएको छ ।