एमाले अध्यक्ष ओली आज विराटनगर जाँदै, यस्तो छ कार्यतालिका

एमाले अध्यक्ष ओली आज विराटनगर जाँदै, यस्तो छ कार्यतालिका

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बिहान विराटनगर जाँदैछन् । एमाले मोरङले चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली विराटनगर जान लागेका हुन् ।

शुभकामना आदानप्रदानका साथै पार्टी नेता कार्यकर्तालाई ओलीले प्रशिक्षण दिने कार्यक्रम रहेको एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले बताए ।

उनका अनुसार बिहान ११ बजेदेखि २ बजेसम्मको कार्यक्रममा आम पार्टी कार्यकर्ता र दिउँसो ३ देखि साँझ ५ बजेसम्म विभिन्न क्षेत्रबाट आमन्त्रण गरिएका व्यक्तिहरूको सहभागिता रहने छ ।