आज पनि प्रधानन्यायाधीशले मुद्दा नहर्ने, आफूबाहेकका छ वटा इजलास तोके

आज पनि प्रधानन्यायाधीशले मुद्दा नहर्ने, आफूबाहेकका छ वटा इजलास तोके

काठमाडौं । सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणबाहेक अन्य मुद्दाको सुनुवाइ नहुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मार्गप्रशस्त’ गर्नुपर्ने माग राखी न्यायाधीशहरूले इजलास बहिष्कार गरेसँगै आज पनि बन्दीप्रत्यक्षीकरणका मुद्दा हेर्नका लागि मात्रै छ वटा इजलास तोकिएका छन्।

जसमा चार वटा इजलास संयुक्त र दुई एकल इजलास तय भएका छन्। आज पनि प्रधानन्यायाधीश जबराले कुनै पनि मुद्दाको पेशी आफ्नो इजलासमा तोकेका छैनन्। 

सम्मानजक बर्हिनको माग गर्दै प्रधानन्यायाधीश जबराले बैशाखमा राजीनामा दिने प्रस्ताव अघि सारेपनि त्यसमा सहमति जुटेको छैन ।