प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईले आज सपथ लिँदै, को-को बन्दैछन् मन्त्री ?

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईले आज सपथ लिँदै, को-को बन्दैछन् मन्त्री ?

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले प्रदेश १ को मुख्यमन्त्रीमा आज सपथ लिँदैछन्। राईलाई दिउँसो २ बजे प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम तय भएको छ। मुख्यमन्त्रीको सपथ लिएसँगै राईले आजै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्दैछन्। यद्यपी मन्त्रीको टुंगो भने लागिसकेको छैन।

‘सबै दलबाट १(१ जनाले मन्त्रीको सपथ लिने भन्ने कुरा छ। तर टुंगो लागिसकेको छैन’, माओवादी केन्द्रका एक नेताले भने। नेपाली कांग्रेसबाट संसदीय दलका उपनेता हिमाल कार्कीलाई पठाउने लगभग टुंगो लागेको छ। यस्तै माओवादीबाट अनुभवी भएको भन्दै दलका नेता इन्द्र आङ्बोलाई पठाउने तयारीबारे छलफल भइरहेको ती नेताले जानकारी दिए।

मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि विपक्षी गठबन्धनले नयाँ सरकार बनाउन लागेको हो। प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठन आह्वान गरेलगत्तै गठबन्धनमा आवद्ध दलहरूले नेकपा एकीकृत समाजवादीका नेता राईलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए।