गठबन्धनलाई महासचिव पोखरेलकाे चुनौती : सक्ने भए एक्लाएक्लै लडेर देखाउ

गठबन्धनलाई महासचिव पोखरेलकाे चुनौती : सक्ने भए एक्लाएक्लै लडेर देखाउ

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी चुनावमा नेकपा एमाले बहुमतले विजयी हुने दावी गरे । सोमबार एमाले काठमाडौ क्षेत्र नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आगामी निर्वाचनमा सक्ने भए एक्लाएक्लै प्रतिष्पर्धा गर्न गठबन्धनलाई चुनौती दिए ।

उनले गठबन्धन बनाएर आए पनि एमाले पराजित नहुने दावी गरे । वर्तमान सरकार संविधान र कानुनको विपरित हिँडेको आरोप लगाउँदै विदेशीको इशारामा चलेको समेत आरोप लगाए । पूर्व सरकारले थालनी गरेको विकास निर्माणका कामहरुमा समेत यो सरकारले रोक लगाएको भन्दै सरकार विकास नचाहने आरोप लगाए । 


महासचिवले चितवनमा हुन गइरहेको एमालेको आगामी महाधिवेशनमा पाँच लाख जनता माझ पार्टीको महाधिवेशन उद्घाटन गर्ने बताए ।