विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिँदैछन्। विश्वासको मत नपाउने निश्चित भएकोले उनले मतदान प्रक्रिया अगाडि नै राजीनामा दिने तयारी गरेको स्रोतले बतायो ।
सोमबार साढे १२ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने कार्यसूची रहेको छ।
नेकपा एमाले विभाजनपछि गत भदौ १० मा मुख्यमन्त्री नियुक्त भएका आचार्यले कात्तिक ७ गते विश्वासको मत लिने तयारी गरेका थिए। तर, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण बैठक आजसम्मका लागि बैठक सरेको थियो ।
९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। प्रतिपक्षी गठबन्धनमा ५० र सत्तापक्षसँग ४१ सांसद छन्।