गणतन्त्र उल्ट्याउन ओली र राजावादीबीच वार्ता भएछ : प्रचण्ड

गणतन्त्र उल्ट्याउन ओली र राजावादीबीच वार्ता भएछ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन विरोधी तत्वहरु सलबलाइरहेको बताएका छन्।  जनआन्दोलन र विद्रोहको सयमयमा परिवर्तनलाई रोक्न खोज्नेहरु अहिलेपनि सक्रिय रहेको उनले बताए। 

सोमबार किर्तिपूरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा अध्यक्ष प्रचण्डले बुर्जुवाहरुले माओवादीको शक्ति बढ्दै जाँदा कार्यनैतिक रुपमा कौशलको सहमति गरेको र आफूहरु शिथिल र विभाजित हुँदा बुर्जुवाहरुको मनोबल बढेको उनले बताए। 

अहिलेसम्मको परिवर्तन उल्टाउन खोज्ने र पुरानो व्यवस्थामा नै लैजान खोज्ने प्रवृत्ति देखा परेको उनले बताए। 'संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउने षड्यन्त्र भयो, यो बीचमा तपाईहरुले महसुस गर्नु भयो होला' प्रचण्डले भने।  

एकवर्ष यता कम्युनिष्ट नाम धारी प्रतिक्रियावादीविरुद्ध लड्न बाध्य भएको भन्दै अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्रका केही मानिससँग भेटेर गणतन्त्र उल्ट्याउने कुरा गरेको सूचना आफूले पाएको दाबी गरे। 

आफूहरुले राम्रो सपना देखेर अहिलेसम्मका उपलब्धिलाई थप उचाइमा पुर्‍याउनका लागि पार्टी एकता गरेको भएपनि प्रतिक्रियावादीलाई त्यो सैह्य नभएको प्रचण्डको भनाइ थियो।