सबै एकातिर लागेर प्रधानन्यायाधीशलाई एक्लाएः पूर्वराष्ट्रपति यादव

सबै एकातिर लागेर प्रधानन्यायाधीशलाई एक्लाएः पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादवले सर्वोच्च अदालतमा अहिले डामाडोलको स्थिती सिर्जना भएको बताएका छन् । 

आइतबार वीपी विचार राष्ट्रिय समाजद्वारा लिखित वीपी विचार नीति, सिद्धान्त र व्यवहार नामक अनुसन्धानमुलक ग्रन्थको लोकार्पण गर्दै पूर्वराष्ट्रपति यादवले प्रधानन्यायाधीश विवादमा तानिदा यस्तो स्थिती सिर्जना भएको बताए । उनले सारा न्यायाधीश, नेपाल बार र कानुन व्यवसायीहरु एकातिर लागेर प्रधानन्यायाधीशलाई एक्लाएको आरोप लगाए । 

त्यस्तै पूर्वराष्ट्रपति यादवलले नेपालमा न्यायालयमाथि यस्तो वेहाल अवस्था भएको बेला प्रधानमन्त्री शेर बहादुर देउवाको विदेश भ्रमण मुलुककै लागि बेइज्जती भएको टिप्पणी गरेका छन् । 

यस्तो अवस्थामा प्रधानमन्त्री जस्तो गरिमामय पदमा रहेको व्यक्तिले न्याय क्षेत्रका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सरसल्लाह गरेर न्यायालयको समस्या समाधानमा लाग्नुपर्ने धारणा व्यक्त गरे । अझै पनि राजिनामा दिन्न भन्ने मनस्थितीमा रहेका बेला सरकारले उनको साथ दिनेपर्ने बताए । 

पूर्वराष्ट्रपति यादवले लोकतन्त्रको माध्यमबाट आएको नेपालको संविधान लोकतान्त्रिक, गणतान्त्रिक, समावेशी र धर्मनिरपेक्ष रहेपनि दुई पटक संसद भंग गरेर जनताको सार्वभौम संस्थालाई हत्या गर्ने काम गरेको आरोप लगाए ।