काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको मिति सारिरहेकोमा सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसप्रति कटाक्ष गर्दैमहाधिवेशन गर्न नसक्ने हालतमा पुगको बताएका छन् ।
'अहिले ९, १०, ११ कहिले गर्ने भनेको, त्यो पनि नसक्ने भनिसके। यो कुनै हिसाबले कांग्रेसले रिति पुर्याउने कुरा हो। महाधिवेशन गर्न सक्ने क्षमता नै कांग्रेससँग समाप्त भइसक्यो। महाधिवेशन नै आयोजना गर्न नसक्ने अशक्त हालतमा कांग्रेस बुढो भयो', उनले भने, 'कांग्रेस बुढो भयो। विचार बुढो भयो। केही पनि छैन। महाधिवेशन पनि गर्न नसक्ने हालतमा कांग्रेस पुग्यो।'
सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले भने, 'पाँच वर्षभित्र गर्नुपर्ने महाधिवेशन गर्न नसक्ने। त्यसपछि ६ महिनामा गर्नुपर्ने, गर्न नसक्ने। निर्वाचन आयोगले दिएको ६ महिनाभित्र, अहिले पनि १३ वटा जिल्लामा बल्ल जिल्ला अधिवेशन भएको छ। के भएको छ। प्रतिनिधि छनोट भएको होला। बाँकी बाँकी नै छ।'