कम्युनिष्ट आन्दोलनलाई बलियो बनाएर देशको नेतृत्व गर्ने सपना ओलीका कारण पूरा गर्न सकिएन : प्रचण्ड

कम्युनिष्ट आन्दोलनलाई बलियो बनाएर देशको नेतृत्व गर्ने सपना ओलीका कारण पूरा गर्न सकिएन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाएर देशको नेतृत्व गर्ने सपना केपी ओलीका कारण सम्भव नभएको आरोप लगाएका छन्। आज बिहान चितवनमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले देशमा राजनीतिक स्थायित्व र विकासका लागि एमालेसँग पार्टी एकता गरेको भएपनि ओली प्रवृत्तिका कारण समस्या आएको बताए। 

प्रचण्डले ओली प्रवृत्ति एउटा निरंकुश, एकाधिकारवादी,  प्रतिगामी भएको बताए। ओली प्रवृत्तिविरुद्ध सडकमा जानु पर्ने अवस्था बनेको भन्दै प्रचण्डले देशलाई समृद्ध गर्ने सपना ओली प्रवृत्तिका कारण सम्भव नभएको बताएका हुन्। 'हामीले सपनाहरु जे देखेका थियौं, कम्युनिष्ट आन्दोलनलाई बलियो बनाएर देशको नेतृत्व गर्ने भन्ने त्यो सपनालाई ओली प्रवृत्तिका कारण पूरा गर्न सम्भव भएन' प्रचण्डले भने। 

प्रचण्डले आफूहरु उदार भएर पार्टी एकता कायम राख्न दौडधूप गरेको भएपनि सम्भव नभएको बताए।