काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्ने तय भएको छ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७-७८’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
यसअघि कात्तिक ९ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश भन्दै संसद् सचिवालयले ११ गतेलाई सारेको थियो। प्रतिनिधि सभाको अघिल्लो बैठक असोज २२ गते बसेको थियो।
यता संसद्मा अवरोध गर्दै आएको नेकपा एमालेले आजको बैठकमा पनि अवरोध गर्ने भएको छ । सभामुखको भूमिकालाई लिएर एमालेले सदन अवरोध गर्दौ आएको छ ।