पोखरा । महानगरपालिका कमिटीको अधिवेशनका लागि पोखरा महानगरपालिकामा पाँच जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । आजबाट उम्मेदवारी दिने समय सकिएको छ ।
उनीहरुले बुधबार उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दिनेहरुमा युवा नेता दिलीप न्यौपाने, तेजनारायण अधिकारी, दीपक पौडेल, धनबहादुर नेपाली र हरिप्रसाद त्रिपाठी रहेका छन् ।
न्यौपाने यसअघि महानगर कमिटीको पूर्वसचिव हुन् । अधिकारी र पौडेल पूर्वअध्यक्ष हुन् भने नेपाली महानगरको वडा नम्बर ५ का अध्यक्ष हुन् । त्यस्तै त्रिपाठी अवकाशप्राप्त प्राध्यापक हुन् ।
उपाध्यक्षमा उमा परियार, बैनबहादुर गुरुङ, मोहन गुरुङ, राजकुमारी भुजेल र सुस्मिता केसी भट्टराईको उम्मेदवारी परेको छ। त्यस्तै सचिवमा जीवनप्रसाद आचार्य र गोकर्ण अधिकारीको उम्मेदवारी परेको छ।
उपसचिव पदका लागि १६ जनाको उम्मेदवारी परेको छ । सिमबहादुर गुरुङ, दुर्गाप्रसाद श्रेष्ठ, बलराम गिरी, रामचन्द्र थापा, प्रकाश पौडेल, शिवप्रसाद आचार्य, हरिप्रसाद लम्साल, मीनबहादुर थापा, विष्णु पुन, वीरेन्द्र भण्डारी, दलबहादुर खत्री, हरिमाया गुरुङ, सूर्य भण्डारी, विष्णुहरि तिमिल्सिना, सुवास ढुंगाना र सीता विकले उपसचिवका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।