संघर्षरत न्यायाधीशहरू रणनीति बनाउँदै, नियमित इजलास बहिष्कार गर्ने

संघर्षरत न्यायाधीशहरू रणनीति बनाउँदै, नियमित इजलास बहिष्कार गर्ने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिने अड्डी कसेपछि सहकर्मी न्यायाधीशहरू आगामी कदमबारे छलफलमा जुटेका छन् । औपचारिक रूपमै इजलास बहिष्कार गर्ने, अदालतमै नआउने, भद्र विरोध जनाउने वा अन्य विकल्पमा जाने भन्ने विषयमा उनीहरूले छलफल गर्ने बताएका छन् । बुधबार यसबारे सामूहिक धारणा बनाउन उनीहरू बैठक बस्दै छन् । 

मंगलबार जबरासँग आधा घन्टा छलफल गरेर बाहिरिएका न्यायाधीशहरूले केहीबेर बैठक बसेका थिए । जबराको नेतृत्वमा न्यायपालिका चल्न नसक्ने निष्कर्षलाई सार्थक परिणामसम्म पुर्‍याउन निरन्तर लाग्ने उनीहरूको निर्णय छ । यही विषयमा औपचारिक धारणा बनाउन उनीहरू बुधबार बिहान ११स्३० बजे पनि बैठक बस्दै छन् ।

जबरालाई राजीनामाका लागि दबाब दिन नियमित इजलास बहिष्कार गर्ने न्यायाधीशहरूको रणनीति छ ।