काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा हुने गरेको जातिय विभेदलाई सदाको लागि अन्त्य गर्न सरकार तत्पर रहेको बताएका छन् ।
कात्तिक ७ र ८ गते काठमाडौंमा भएको दलित अधिकार सुनिश्चितताको लागि जनप्रतिनिधिको भूमिका विषयक दुई दिने दोस्रो राष्ट्रिय सम्मेलनले पारित गरेको १५ बुँदे घोषणापत्र बुझाउन गृहमन्त्रालय पुगेका दलित समुदायका नेता तथा जनप्रतिनिधिसँग गृहमन्त्री खाँडले यस्तो बताएका हुन् ।
उनले कम्तिमा यही पुस्ताले नै जातिय विभेदलाई हटाउन सक्यो यो निकै ठूलो उपलब्धी हुने धारणा व्यक्त गरे । उनले यो पूताले जातीय विभेदको अन्त्य गर्न सके भावी पुस्ताहरुले उक्त कुरा पुनः उठाउन नपरोस भन्नेमा सरकार लागिपरेको बताए । उनले भने, ‘जातिय विभेद गर्न पाइदैनँ भन्ने हाम्रो संविधानको प्रावधान हो । त्यसलाई पालना गर्न हामी प्रतिवद्ध छौँ ।’
गृहमन्त्री खाँणले चाडपर्वका समयमा नेपालको कुनै पनि भू–भागमा दलित समुदायमाथि असमान व्यवहार नहोस् भन्नेमा राज्य प्रणाली संवेदनशील रहेको पनि बताए ।
मन्त्री खाँणले विपदबाट पीडित नागरिकहरूलाई सरकारले राहत तथा पुर्नस्थापना गर्ने पनि बताए ।