काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूलाई मार्गप्रशस्त गर्न आग्रह गरेका न्यायाधीशहरूलाई कडा जवाफ फर्काएका छन् । उनले प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने भए आफू मार्ग प्रशस्त गर्न तयार रहेको बताए । राणाले न्यायाधीशहरूसँगको भेटघाटमा भने, ‘अरु न्यायाधीशहरूमाथि पनि प्रश्न उठेका छ । प्रश्न उठेका सबैले राजीनामा दिउँ, म पनि मार्ग प्रशस्त गर्छु । होइन भने मिडियाबाट उठेका विषयकै आधारमा राजीनामा दिँदै जाने हो भने न्यायापालिका बच्न सक्दैन ।’
राणाले आफ्नो नियुक्ति संवैधानिक भएकाले बहिर्गमन पनि संवैधानिक तबरबाटै हुने बताएका थिए । महाअभियोग लगाए सामना गर्ने उनको भनाइ थियो ।
राणाले मन्त्रिमण्डलमा भागबन्डा खोजेको आरोप लागेपछि उनले राजीनामा दिएर निकास दिनुपर्ने, नभए संसदले महाअभियोग लगाउनु पर्ने माग उठिरहेका बेला प्रधानन्यायाधीश राणाले महाअभियोगको सामना गर्ने सन्देश दिएका हुन्।