काठमाडाैं । चौतर्फी आलोचित बनेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिए भने प्रधानन्यायाधीश को बन्ला भन्ने सवत्र चासो छ । यस्तो अवस्था आएमा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कार्यवाहक प्रधानन्यायाधीश हुने अवस्था छ।
सिनियारिटी र रोल क्रमको आधारमा सर्वोच्चका वरिष्ठतम् न्यायाधीशमध्ये दीपककुमार कार्की कार्यवाहक प्रधानन्यायाधीश नियुक्त हुनेछन् । न्याय परिषद्ले पनि कार्कीलाई नै कार्यबाहक बनाउने निर्णय गर्ने सर्वोच्च स्रोतले बतायो ।
न्याय परिषद् ऐनको दफा ५ मा पनि न्यायाधीश नियुक्तिको आधारमा त्यही व्यवस्था गरिएको छ। सर्वोच्च अदालतले पनि प्रधानन्यायाधीश जबरापछि दोस्रो वरियतामा कार्कीकै नाम राखेको छ। तेस्रो वरियतामा मीरा खड्का छिन्।