गृहमन्त्रालयले भन्योः परिचयपत्र नभएकालाई कोठा भाडामा नदिनु

गृहमन्त्रालयले भन्योः परिचयपत्र नभएकालाई कोठा भाडामा नदिनु

काठमाडौ । कतिपय विदेशी नागरिकहरु अवैध रुपमा नेपाल प्रवेश गरी यहाँ बसोबास गर्ने गरेको पाइएकाले कोठा वा अपार्टमेन्ट भाडामा परिचयपत्र विनाका नागरिकलाई नदिन गृहमन्त्रालयले आग्रह गरेको छ ।

गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै परिचयपत्र बिनाका कोही कसैलाई पनि घर, कोठा वा अपार्टमेन्ट भाडामा नदिन भन्दै त्यस्ता व्यक्तिहरुसँग कुनै काम नगर्न र नगराउन पनि अपिल गरेको छ ।

पछिलो समय विदेशी नागरिकहरु नेपाल लगायतका मुलुकहरु शरणार्थी बनेर बस्ने गरेको पाइएको छ । सोमबार मात्रै पनि ११ जना अफगान नागरिक भारतको बाटो हुँदै नेपालमा अवैधरुपमा आई शरणाथी बनेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।