काठमाडौ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा माग गरेको छ । न्यायलय जोगाउनका लागि पनि प्रधानन्यायाधीश जबराले राजिनामा दिनुपर्ने बारको ठहर छ ।
बारको सोमबार बसेको ‘आकस्मिक’ बैठकले यस्तो निर्णय गरेको हो । बैठकले समस्याको जड नै प्रधानन्यायाधीश भएको ठहर गर्दै अब न्यायलय जोगाउन पनि उनले राजिनामा दिनपर्ने निष्कर्ष निकालेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।
उनले औपचारिक निर्णय मंगलबार सल्लाहकारहरुसँग बृहत छलफलपछि सार्वजनिक गर्ने पनि बताए ।
सोमबार नै बसेको सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठकले पनि अदालतको प्रमुख समस्या नै प्रधानन्यायाशीश जबरा रहेकाले उनले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो ।
गठबन्धन सरकारमा जेठान गजेन्द्र हमाललाई मन्त्री बनाउन जबराले दवाव दिएको आरोप छ । चौतर्फी आलोचनापछि हमालले मन्त्री भएको तीन दिनमै पदबाट राजिनामा दिएका छन् भने प्रधानन्यायधिशको पनि राजीनामा माग गरिएको छ ।