दुर्गा प्रसाईं एमालेमा प्रवेशः प्रचण्डको चर्काे आलोचना

दुर्गा प्रसाईं एमालेमा प्रवेशः प्रचण्डको चर्काे आलोचना

काठमाडौं । बीएण्डसी अस्पताल, झापाका सञ्चालक दुर्गा प्रसाईं नेकपा एमाले प्रवेश गरेका छन् । आइतबार झापामा आयोजित एक कार्यक्रमबीच प्रसाईलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । 

पार्टीमा कुन हैसियतमा हुनेभन्ने बारे टुंगो नलागेपनि आज प्रसाई पार्टी प्रवेश गरेको एमाले केन्द्रीय सदस्य रवीन कोइरालाले जानकारी दिए । 

यसअघि ललितपुरमा असोज १५–१७ गतेसम्म संचालन भएको एमाले विधान महाधिवेशनमा प्रसाई पार्टीको केन्द्रीय सदस्यको हैसियतमा सहभागी थिए । 

पार्टी प्रवेशपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईंले नेकपा माओवादी र अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’को चर्काे आलोचना गरे । 
लिखित सम्बोधन गरेका उनले प्रचण्ड र बाबुरामहरुलाई कम्युनिष्ट हुँ भन्न लाज लाग्नुपर्नेसम्म भन्न भ्याए । 

यसअघि प्रचण्डनिकट मानिने प्रसाई तत्कालिन नेकपा पार्टी हुँदा ओली र प्रचण्डलाई आफ्नै घरमा बोलाएर मार्सी चामलको भात खुवाएको तस्वीर सार्वजनिक गरेर चर्चामा आएको थिए । 

फागुन २३ मा सर्वाेच्च अदालतको फैसलापछि नेकपा विघटन भई माओवादी केन्द्र र एमाले व्यूतिएपछि उनी ओली निकट बन्न पुगेका हुन् ।