सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै

सर्वेन्द्र खनाल एमाले प्रवेश गर्दै

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्ने भएका छन् । उनी एमाले प्रवेश गर्ने अन्तिम तयारी भइरहेको एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

पार्टी प्रवेशका लागि खनाल पनि तयारी भइसकेको भन्दै तामाङले अब केही दिनभित्र उनी पार्टी प्रवेश गर्ने बताए । 

पदमा रहँदा तथा अवकासपछि पनि पटक पटक विवादमा मुछिएका पूर्वआईजीपि अन्ततः एमाले प्रवेश गर्न लागेका हुन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्दैछन् ।