मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिँदै, राजेन्द्र राई मुख्यमन्त्री बन्ने पक्का

मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिँदै, राजेन्द्र राई मुख्यमन्त्री बन्ने पक्का

विराटनगर । प्रदेश नम्बर-१ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वास मत लिँदै छन् । यससम्बन्धी प्रस्ताव प्रदेशसभाको शुक्रबारको बैठकमा आचार्यले टेबुल गरेका थिए । प्रस्तावउपर छलफलपछि मुख्यमन्त्रीले जवाफ दिनेछन् । त्यसपछि मत विभाजन सुरु हुनेछ ।

सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लक्षुमन तिवारीले छलफल र मुख्यमन्त्रीको जवाफमा अधिक समय लाग्ने देखिएकोले शुक्रबारको बैठकमा मत विभाजनको नभएको बताए ।

विपक्षीले भने मुख्यमन्त्री आचार्य र नेकपा एमाले नेतृत्वको सरकार अल्पमतमा परिसकेपछि पनि सत्ता लम्ब्याउने तानाबानामा बुनिएको भन्दै सरकारको आलोचना गर्दै आएका छन् । नेकपा ९माओवादी केन्द्र० संसदीय दलका नेता इन्द्र आङ्बोले सरकार अवैधानिक रुपमा सत्तामा रहेको बताउँदै मत विभाजनसम्बन्धी सबै कार्यमा सरकारद्वारा विलम्ब भएको बताए ।

सभामुख प्रदीपकुमार भण्डारीले विश्वासको मत विभाजन आइतबारको बैठकमा हुने जानकारी गराइसकेका छन् ।

यससँगै विपक्षी गठबन्धनबीच भएको सहमतिअनुसार प्रदेश १ मा नेकपा ९एकीकृत समाजवादी० संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्नेछन् । उनलाई मुख्यमन्त्री बनाउन दलीय गठबन्धनले प्रस्ताव गरेपछि सदनमा विश्वासको मत लिनुपर्ने हुन्छ ।