कुनै पनि मानिसको सफलताको अघि कष्टपूर्ण संर्घष हुन्छ । त्यस्तै संघर्ष गरेर आफूलाई चिनाउन सफल अभिनेता एवं निर्देशक हुन यशपाल शर्मा । ‘लगान’ र ‘गंगाजल’ जस्तो हिट मुभिमा काम गरिसकेका यशपालले आफ्नो जीवनकालमा अरुको जुठा भाँडा माझ्नेदेखि साइकलको पञ्चर टाल्ने, आटाको चक्की बनाउने देखि किराना पसलमा काम समेत गरे ।
कलिलो उमेरमै आमाको निधन गैरजिम्मेवार बाबु भएका कारण कक्षा १० पास गरेपछि यशपालको दुःखका दिन सुरु भएका थिए । उनले आफ्नो पढाई पूरा गर्न पार्ट टाइम जब गर्न सुरु गरे । उनले कामलाई सानो ठूलो भनेनन् । कक्षा १० मा पढ्ने केटोकाका लागि आगाडि जुन काम आउछ त्यही गर्थे ।
यसैक्रममा यशपाल दिल्लीको नेशनल स्कुल अफ डाम्रा (एनएसडी) पुगे । एनएसडीमा पढाइ सकेर उनी घर फर्किँदा ‘तिमी फिल्ममा कहिलेदेखि आउछौं ?’ भन्दै गिज्याउँथे । फिल्मको ट्रेनिङ लिएर पनि फिल्लमा किन देखिँदैनौ हँ ? भन्दा उनी खिसिक्क पर्थे । पढाइ सकेर सन् १९९६ मा यशपाल मुम्बइ पुगे ।
उनी २२ वर्षहुँदा हरियाणाको हिसारस्थित घर छोडेर अभिनय गर्नका लागि दिल्ली पुगेका थिए । पत्रिकामा नाटक ‘आधा युग’ को मन्चनको खबर सुनेर हेर्न जाने मन बनाई घरबाट निस्किएका उनी चार महिनापछि मात्रै घर फर्किएका थिए ।
मान्छेले कहाँ गएको किन गएको भन्दा उनी अभिनय गर्न चाहने कुरा बताउँथे । उनको कुराले परिवारका सदस्य कसैलाई पनि खुसी बनाउन सकेन । हरेकको मनमा अभिनय भनेको नौटंकी हो र यसमा केही कमाइ हुँदैन भन्ने धारणा थियो । उनले परिवारबाट खासै सपोर्ट पाएनन् । त्यै पनि उनले आफ्नो अभिनय गर्ने लक्ष्यलाई कत्ति पनि विचलित हुन दिएनन् । जति दुःख गरेपनि अभिनय गरेरै छाड्ने अठोड लिए ।
उनको पहिलो फिल्म हो, ‘हजार चौरासी की मां’ हो । त्यसपछि उनले ‘शूल’हुँदै तेस्रो फिल्म ‘अर्जुन पण्डित’सम्म आइपुग्दा समेत ‘म सनी देवलसँग फिल्म शुटिङ गर्दैछु भनेर घरमा फोनमा भन्दा कसैले पत्याउने थिएनन् ।’ सबै आफ्नो ख्याल गर्नुभन्थे उनलाई ।
जब उनी पर्दामा देखिए तब सबैलाई विश्वास भयो– साँच्चिैकै यशपाल फिल्ममा खेलेका छन् ।