एमालेमा रहेका साथीहरुको हरिबिजोग छः माधव नेपाल

एमालेमा रहेका साथीहरुको हरिबिजोग छः माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेमा १० बुँदे भन्नेहरुको हरिबिजोग भएको बताएका छन् । शनिबार सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आदेश पालना गरे मात्रै राम्रो मान्ने गरेको बताए।

‘आदेशको पालना गर्‍यो भने स्यावास, उ बस्न पाउँछ,’ उनले भने, ‘आदेको पालना गरेन भने कति ट्याउँ-ट्याउँ गरेको १० बुँदेको भनेर सुन्नुपर्छ । सुन्नु भएको छैन्, १० बुँदेको ट्याउँ-ट्याउँ । अब १० बुदेँ भन्ने साथीहरुको कस्तो हरिबिजोग।’

उनले नेताहरुको कुनै सम्मान नगर्ने, कुनै छलपल नगर्ने शैलीकै कारण एमालेबाट विद्रोह गरेको बताए। नेपालले भने, ‘कुनै मर्यादा छैन्। कुनै सम्मान छैन्। कुनै छलफल छैन् । हो यी सबै कारणले हामीले विद्रोह गर्नुपरेको हो।’