अर्ली इलेक्सनमा जान संसद पुर्नस्थापना भएको होइनः पौडेल

अर्ली इलेक्सनमा जान संसद पुर्नस्थापना भएको होइनः पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले २-२ पटक संसद पुर्नस्थापना भइसकेको अवस्थामा अर्ली इलेक्सनको कुरा गर्न नसुहाउने बताएका छन् । वर्षा र त्यसले निम्त्याएको बाढी पहिरोले पुर्याएको क्षतिको स्थलगत अध्ययन गर्न सुदूरपश्चिम हिँडेका पौडेलले आज धनगढी विमानस्थलमा पत्रकारहरुसँग संसद पुर्नस्थापनाको मुद्दा अर्ली चुनावका लागि नभएको उल्लेख गरेका हुन् ।
 
नेता पौडेलले संसदले पूरा कार्याकाल काम गर्न पाउनुपर्ने धारणा राखे । फरक प्रसंगमा बोल्दै उनले पार्टी महाधिवेशन मंसिरमा तोकिएको समयमानै हुने दाबी गरे । तोकिएको समयमा अधिवेशन नभए पार्टीको वैधानीकता गुम्ने उनको तर्क थियो । 

तोकिएको समयमा महाधिवेशन नभए पार्टीलाई निर्वाचन आयोगले वैधानिक नमान्ने उनको धारणा थियो । 'क्रियाशील सदस्यतामा छानबिन समितिले दिएको प्रतिवेदन तल माथि गरेर गम्भिर अपराध गरिएको छ,' उनले भने,'पार्टीको छिटो विधि अपनाएर महाधिवेशन गर्नुपर्छ, हामीले वैधानिकता गुमाउनु हुँदैन ।'