किन भारत भ्रमणमा जाँदैछन् कांग्रेस महामन्त्री कोइराला ?

किन भारत भ्रमणमा जाँदैछन् कांग्रेस महामन्त्री कोइराला ?

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला ३ दिनका लागि भारत भ्रमणमा जाने भएका छन् । मुम्बईमा उपचाररत कांग्रेस सांसद कर्मा घलेलाई भेट्न महामन्त्री कोइराला भारत जान लागेका हुन् । 

कांग्रेसको १४ औं महाधिवेशन संघारमा रहेकोले कोइरालाको भ्रमणलाई राजनीतिक रूपमा पनि हेर्न खोजिएको छ । महामन्त्री कोइरालाका राजनीतिक सहयोगी भरत तिवारीले भने भ्रमण विशुद्ध व्यक्तिगत रहेको बताए ।

अग्रज नेता प्रदीप गिरी पनि दिल्लीमा उपचाररत रहेकोले कोइरालाले उनलाई पनि भेट्ने बताइएको छ । 

महामन्त्री कोइराला, नेपाली कांग्रेस संखुवासभाका सभापति दीपक खड्का लगायतको टोली भारत जान लागेको हो । उनीहरु शनिबार बिहान त्रिभुवन विमानस्थलबाट भैरहवा गई सडकमार्गबाट मुम्बई जानेछन् ।