बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री देउवा सुदूरपश्चिम प्रस्थान

बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री देउवा सुदूरपश्चिम प्रस्थान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो प्रभावित सुदूरपश्चिमको अवस्था अवलोकन गर्न त्यसतर्फ प्रस्तान गरेका छन् ।

नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत हुँदै दिपायल गएका प्रधानमन्त्री देउवाले बझाङको थलारा, चैनपुर र बैतडीको ढुंगाडको अवस्था अवलोकन गर्नेछन्।

यस्तै डडेल्धुराको जोगबुढा र कञ्चनपुरको दोधारा–चाँदनीको अवस्था पनि अवलोकन गर्ने कार्यक्रम तय भएको छ । आज साँझ धनगढीमा बसेर उहाँ भोली काठमाडौ फर्कने कार्यक्रम रहेको छ ।