माओवादी स्थायी कमिटी बैठक सुरु, अर्ली इलेक्शनमा जान माओवादी पनि तयार !

माओवादी स्थायी कमिटी बैठक सुरु, अर्ली इलेक्शनमा जान माओवादी पनि तयार !

काठमाडाैं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।

बैठकमा पछिल्लो राजनीतिक अवस्थाको समिक्षा हुनुको साथै संगठन विस्तार र पार्टीको महाधिवेशनको बारेमा छलफल हुनेछ । प्रचण्डले बैठकमा अर्ली इलेक्शनको बारेमा छलफल गर्ने भएका छन् ।  तीनै तहको चुनाव एकै पटक गर्ने भए अर्ली इलेक्शनमा जान माओवादीलाई कुनै समस्या नभएको प्रचण्डको भनाइ छ । 

उनले यस विषयमा बुधवार प्रधानमन्त्री शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसंग समेत छलफल गरेका थिए । एमाले काँग्रेस र माओवादी अर्ली इलेक्शनमा जान तयार भएकोले छिट्टै निर्वाचनको मिति तय हुन सक्ने स्रोतको दाबी छ ।