बागमती प्रदेशकी मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, नयाँ सरकार गठनको तयारीमा सत्ता गठबन्धन

बागमती प्रदेशकी मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, नयाँ सरकार गठनको तयारीमा सत्ता गठबन्धन

काठमाडाैं । अष्टलक्ष्मी शाक्यले आज विस्वासको मत लिने भएकी छिन् । बागमती प्रदेशसभाको बिहीबार अपराह्न बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री शाक्यले गत असोज २४ गते बसेको प्रदेशसभाको बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा १ बमोजिमको प्रावधानअनुसार विश्वासको मत लिने कार्यका लागि प्रस्ताव प्रस्तुत गरेलगत्तै यही कात्तिक ४ गते बैठक बस्ने गरी स्थगित गरिएको थियो ।

बिहीबारको बैठकमा हुने विश्वासको मतका लागि सत्तापक्ष र प्रतिपक्षका लागि छुट्टाछुट्टै लबीको व्यवस्था गरिएको उनले जानकारी दिए । बागमती प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्ष गरी हाल १ सय ९ सदस्य छन् ।

शाक्यले विश्वासको मत नपाउने निश्चित भएपछि सत्ता गठबन्धनले नयाँ सरकार गठबन्धनको तयारी थालेको छ । मुख्यमन्त्री र अन्य मन्त्रीमा सहमति जुटाउन गठबन्धनको बैठक बालुवाटारमा बस्ने तयारी भैरहेको छ ।