काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानत असम्भव चुनौती दिएको बताएका छन् । बुधबार दिउँसो ओलीले आफूहरुले चाहेको खण्डमा एक सातामा सरकार ढाल्न सक्ने चुनौती दिएपछि प्रवक्ता शर्माले संविधान विपरीत चुनौती दिएको बताए।
उनले देशभर अविरल वर्षाले आक्रान्त नागरिकको सेवामा जुट्ने, राजनीतिमाथि उठ्ने र सोच्ने समयमा ओलीले सरकार फेर्ने चुनौती दिएकोमा असन्तुष्टी जनाए । अहिलेको समय चुनौती दिने नभएको भन्दै उनले उद्दार, राहत र पुनर्स्थापनाको अभियानमा जुट्न सबैसँग आह्वान गरे ।
बधुबार काठमाडौंमा भएको एक कार्यक्रममा ओलीले आफूले चाहेको खण्डमा एक सातामा सरकार ढाल्दिने बताएका थिए । यद्यपि उनले अहिले त्यसो नगर्ने स्पष्ट पारेका थिए । गठबन्धनमा लोभीपापीहरूको संख्या धेरै भएको भन्दैओलीले उनीहरू ‘दिए पुग्ने’ टिप्पणी गरेका थिए ।