मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा जारी

मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा जारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। यतिवेला प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक जारी छ ।

बैठकले वर्षाका कारण देशभर धान बालीमा पुगेको क्षतिका लागि राहत कार्यक्रम ल्याउने सम्भावना छ। तीन दिनदेखि परेको अविरल वर्षाको कारण ठूलो मात्रामा धनजनको क्षति भएको छ।

साथै सरकारले सय दिन पार गरेको अवसरमा केही महत्वपूर्ण निर्णय लिन सक्ने बताइएको छ ।