१० मिनेटको अन्तरालमा सिन्धुपाल्चोक केन्द्र बनाएर दुई पटक भुकम्पकाे धक्का

१० मिनेटको अन्तरालमा सिन्धुपाल्चोक केन्द्र बनाएर दुई पटक भुकम्पकाे धक्का

काठमाडौं । सिन्धुपाल्चोक केन्द्र विन्दु बनाएर १० मिनेटको अन्तरालमा दुई पटक भुकम्पको धक्का महशुस भएको छ ।

सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु बनाएर दिउँसो १ बजेर ४६ मिनेटमा पहिलो भुकम्प गयो भने १ बजेर ५६ मिनेटमा पुनः भुकम्प गएको राष्ट्रिय भूकम्प मापनकेन्द्रले जनाएको छ ।   भुकम्प ४.७ रेक्टर स्केलको गएको केन्द्रले जनाएको छ । 

भूकम्पको धक्का आसपासका जिल्लाहरू दोलखा, र काठमडौं उपत्यकामा समेत महशुस भएको थियो । 

यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।