प्रदेश १ मा ५६ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश १ मा ५६ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणबाट एकै दिन ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

३८९ जनाको पीसीआर परीक्षणबाट र ३१ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ५३ र ३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३०, सुनसरीमा १६, इलाममा २, झापा, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै सोही समयमा प्रदेश १ मा १४४ जनाले कारोना जितेका छन् । ७३ महिला र ७१ पुरुषले कोरोना जितेका हुन् । 
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।