सरकारप्रति प्रदीप ज्ञवालीको टिप्पणी– सय दिनमै यति देखेपछि बाँकी के रह्यो र !

सरकारप्रति प्रदीप ज्ञवालीको टिप्पणी– सय दिनमै यति देखेपछि बाँकी के रह्यो र !

काठमाडौं । एमाले नेता प्रदीप ज्ञवालीले अहिलेको गठबन्धन सरकारले जनतालाई कुनै राहत दिन नसकेको बताएका छन्।गठबन्धन सरकार बनेको सय दिन हुँदा पनि जनताले  सरकार भएको अनुभूति गर्न नसकेको उनको भनाइ छ। 

यसअघि एमाले सरकारको आलोचना गरेर नथाक्नेहरु नै अहिले सरकारमा हुँदा झनै देशको अवस्था भद्रगोल बनेको उनको आरोप छ। ‘सदनमा एक जना माननीयले भन्नु भा’थ्यो–सरकार कसरी चलाउनु पर्छ, हामी देखाउने छौं,’ उनले सामाजिक सञ्जाललमा लेखेका छन्, ‘ठीकै भन्नु भा’ रैछ।’ 

सरकारका पछिल्ला कदमप्रति व्यंग्य गर्दै उनले अगाडि लेखेका छन्, ‘भूमि आयोग खारेजी, जयसिंह थामी बेपत्ता, १४ सय सड़क आयोजना रद्द, कालो धन सेतो पार्ने प्रपन्च, न्यायाधीशलाई मन्त्री उपहार अनि मोतीपुर गोली काण्ड ! सय दिनमै यति देखेपछि पछि बाँकी के नै रह्यो र ?’