कोरोना अपडेटः ७८५ संक्रमित थपिए, १२ जनाको मृत्यु

कोरोना अपडेटः ७८५ संक्रमित थपिए, १२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

७ हजार २ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ६३ र ४ हजार ९ सय ६२ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय २२ जनामा कोरोना पोजेटिभ देखिएसँगै जम्मा ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै काठमाडौंमा १ सय ९१ जना कोरोना संक्रमित थपिएका छन् । 

त्यस्तै सोही समयमा देशभर थप १२ जनाको मृत्यु भएको छ । यो अवधिमा ८ सय ८८ जना भने संक्रमणमुक्त भएका छन् । 

देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय ८७ रहेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै थप १ लाख २७ हजार ५ सय ३२ जनालाई कोरोनाविरुद्धको भ्याक्सिन दिइएको छ । योसँगै कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको संख्या ६४ लाख ६२ हजार ७ सय ७६ पुगेको छ । पहिलो मात्रा खोप लगाउनेको संख्या ८३ लाख १७ हजार ९ सय २ जना रहेको मन्त्रालयले जनाएको छ ।