विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले राष्ट्र निर्माणमा विद्यार्थीको योगदान महत्वपूर्ण रहने भन्दै उनले राज्यले दक्ष जनशक्ति निर्माणमा ध्यान दिनुपर्ने बताएका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रदेश नं १ कमिटीले आयोजना गरेको बडादसैँ, तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले दक्ष जनशक्ति विना राष्ट्रको उन्नती हुन नसक्ने भन्दै त्यसका लागि युनियनले पनि ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।
उनले पार्टीको नेतृत्व उत्पादनमा युनियनको योगदान महत्वपूर्ण रहेको चर्चा गरे । उनले युनियनले पनि मुलुकको उन्नति, युवालाई रोजगारी र राजगारीमूलक पाठ्यक्रम निर्माणमा लाग्नुपर्ने आवश्यकता रहेको बताए ।