काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले बाँकेका दुई महिलाको हत्यारालाई चाँडो भन्दा चाँडा पक्राउ गरी कारवाही गर्ने बताए काछन् ।
बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारवाही गरिने उनले बताए ।
घटनाको दोषीलाई कारवाहीको माग गर्दै आईतबार ज्ञापनपत्र बोकेर सिंहदरवारमा पुगेर महिला अधिकारकर्मीहरुसँग गृहमन्त्री खाँडले यस्तो प्रतिक्रिया जनाएका हुन् । सो क्रममा गृहमन्त्री खाँणले पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको पनि बताएका थिए ।
गृहमन्त्री खाँणले सरकारले महिलामाथि हुने हत्या, हिंसालगायतका अपराधिक घटना नियन्त्रण गर्न गम्भिर भएर लागिपरेको दावी गरे । उनले यस घटनामा संलग्नलाई पनि चाँडो भन्दा चाँडो कानुनी दायरामा ल्याउने दावी गरे ।