लुम्बिनी प्रदेशमा नियुक्त १० मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेशमा नियुक्त १० मन्त्रीले लिए शपथ

काठमाडाैं । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त १० मन्त्रीहरूले शपथ लिएका छन्। नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराए। शपथ लिने मन्त्रीहरूमा नेपाली कांग्रेसका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर राना, शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्री वसिउद्दिन खाँ र वन वातावरण तथा भूसंरक्षणमन्त्री  सुरेन्द्र हमाल रहेका छन्। 

यस्तै, कांग्रेसबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ र पर्यटन राज्यमन्त्री रिना नेपाल विकले पनि पद तथा गोपनीयताको शपथ लिए। 

माओवादी केन्द्रबाट स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारू, आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले शपथ लिए।  स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीले पनि आइतबार शपथ लिएकी छन्।