काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिएका छन्। उनले आफू र कांग्रेसलाई बदनाम गरिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाएका हुन् ।
‘४५ वर्ष कांग्रेसमा योगदान पुर्याएको व्यक्तिलाई अनावश्यक विवादमा तानियो,’ हमालले भने, ‘राजीनामा नदेऊ भनेर दबाब पनि आएको थियाु, तर मा थप विवादित हुन ताहिन र राजीनामा दिए।’
उनी तीनअघि मात्रै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त भएका थिए। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका थिए। देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठान हुन्। हमाललाई मन्त्री बनाएको विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश दुबैको चर्को आलोचना भएको थियो ।