उद्योगमन्त्री गजेन्द्र हमालले आजै राजीनामा दिने

उद्योगमन्त्री गजेन्द्र हमालले आजै राजीनामा दिने

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटामा मन्त्री बनेको भन्दै आलोचना खेपिरहेका उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिने भएका छन्।  चौतर्फी आलोचना भइरहेकाले आफू विवादमा नफस्ने भन्दै उनले मन्त्री पदबाट राजीनामा दिने बताएका हुन्। 

‘किन व्यक्तिगत विवादमा फस्नु, साथीहरू, नेताहरूले त राजीनामा नदिनू भनिरहेका छन्, तर म आजै राजीनामा दिन्छु,’ मन्त्री हमालका भनाइ उधृत गर्दै पारिवारिक स्रोतले भन्यो । 

उनले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउने तयारी गरेको बताइन्छ ।