जसपाले मन्त्रीको नाम टुंगो लगायो, को-को बन्दैछन् मन्त्री ?

जसपाले मन्त्रीको नाम टुंगो लगायो, को-को बन्दैछन् मन्त्री ?

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) ले पनि मन्त्रीहरुको नाम टुंगो लगाएको छ । यससँगै आजै सरकारले पूर्णता पाउने भएको छ । जसपा स्रोतका अनुसार प्रदेश २ बाट महेन्द्र राय यादव, अमृता अग्रहरी र प्रमोद साहमध्ये एक मन्त्री हुनेछन् ।

प्रदेश नम्बर २ बाहिरबाट राजेन्द्र श्रेष्ठ र इस्तियाक राई मध्ये एक मन्त्री हुने सम्भावना छ । महिलाबाट रेणु यादव वा अमृता अग्रहरी भनिएको छ । यद्यपि रेणुको सम्भावना बढी छ ।

पार्टी र सरकारलाई जोड्ने भूमिका खेल्ने गरी रामसहाय यादवलाई पठाउने तयारी छ । उनी अध्यक्ष यादवका विश्वास पत्र समेत हुन् । कार्यकारिणी समितिको बैठकबाट मन्त्रीको नाम टुंगो लगाउन पार्टीका तीन शीर्ष नेतालाई जिम्मा दिइएको थियो । त्यसै अनुरुप पार्टीका तीन शीर्ष नेताले नाम टुंगो लगाएका हुन्।

कार्यकारिणी समितिको बैठकले मन्त्रीको अन्तिम टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष उपेन्द्र यादव,संघीय परिषद अध्यक्ष डा भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिएको थियो ।