प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडाैं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्न लागेको हो । मन्त्रिपरिषद् विस्तारअघि बोलाइएको बैठकलाई अर्थपूर्ण मानिएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएको करिब तीन महिनापछि आज मन्त्रिपरिषद विस्तार हुने भएको छ । लामो प्रतिक्षा र विवादपछि दलहरुले मंगलबार मन्त्रालय बाँडफाँड गरेका हुन् ।

कांग्रेस ७, माओवादीले ५, एकीकृत समाजवादी र जसपाले ४-४ पाउने गरी २० मन्त्रालय भागबन्डा गरिएको छ । अर्को एक मन्त्रालय भने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भागमा परेको छ ।