एमालेको लोगोमा माओवादीले दाबी विरोध गर्ने

एमालेको लोगोमा माओवादीले दाबी विरोध गर्ने

काठमाडाैं । नेकपा एमालेको लोगो विवादमा परेको छ । केही दिनअघि सम्पन्न एमालेको पहिलो विधान महाधिवेशनले सूर्यभित्र गोलाकार हँसिया हथौडा भएको लोगो पारित गरेको थियो । परिवर्तित एमालेको नयाँ लोगो नेकपा माओवादी केन्द्रको चुनाव चिन्हसँग मिल्दोजुल्दो छ । यसबारे नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले कानुनी उपचार खोज्न सकिने बताए ।

एमालेले विधान महाधिवेशन अघिसम्म वर्गाकारभित्र सानो हँसिया हथौडा राखेर त्यसैको भित्रि भागमा अङ्ग्रेजीमा युएमएल लेखेको लोगो प्रयोग गर्दै आएको थियो । तर पछिल्लो समय तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपाले प्रयोगमा ल्याएको उक्त लोगोलाई थोरै परिवर्तन गरेर एमाले विधान महाधिवेशनले पारित गरेको हो ।

एमाले र माओवादीबीच पार्टी एकता गरेर नेकपा हुँदा दुवै पार्टीका चुनाव चिन्ह मिलाएर त्यस्तो लोगो प्रयोगमा ल्याइएको थियो । तर अहिले भने एमालेले एकलौटी आफ्नो चुनाव चिन्ह समेत एमालेको लोगो बनाएपछि माओवादीले कानुनी उपचार खोज्ने भएको हो ।