मन्त्री छान्न एकीकृत समाजवादीले बनायो मापदण्ड, स्थायी कमिटी बैठकले अनुमोदन गर्दै

मन्त्री छान्न एकीकृत समाजवादीले बनायो मापदण्ड, स्थायी कमिटी बैठकले अनुमोदन गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ । बिहान १० बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने बैठकले पार्टीका तर्फबाट मन्त्री हुने नेताहरुको नाम टुंगो लगाउनेछ ।

पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले निश्चित मापदण्डका आधारमा मन्त्री छनोट गर्ने बताए। आकाँक्षीहरू धेरै भएपछि समाजवादीले निश्चित मापदण्ड बनाएको बताइन्छ । 

यसैबीच नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी आज समाजवादीमा प्रवेश गर्दैछन् । जोशीलाई अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गराउँदै छन् । पुर्व वन मन्त्री समेत रहेका जोशी बझाङ क्षेत्र नं १ बाट २०५१ सालमा प्रतिनिधि सभा सदस्य र २०६४ सालमा सोही क्षेत्रबाट संविधानसभा सदस्य रहेका थिए ।