काठमाडौं । पार्टीबाट सरकारमा पठाउने नेताको नाम टुंगो लगाउन जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राइको बैठक बस्दै छ। जसपाका तीन शीर्ष नेताको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउनेछ।
यसअघि बुधबार सम्पन्न कार्यकारिणी समिति बैठकले पार्टीको कोटाबाट सरकारमा पठाउने मन्त्रीहरुको नाम छान्न तीन नेतालाई जिम्मा दिने निर्णय गरेको थियो।शीर्ष नेतात्रयको बैठक केही बेरमा सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने जनाइएको छ।
जसपाले शेरबहादुर देउवा नेतृत्वको सरकारमा चार मन्त्री र एक जना राज्यमन्त्री पाएको छ। गठबन्धनका दलहरुले मंगलबार मन्त्रीमण्डलको भागभण्डा टुंग्याएका थिए। आज मनित्रपरिषद्लाई पूर्णता दिने तयारी गरिएपनि माओवदी बाहेकका दलहरुले मन्त्रीको टुंगो लगाएका छैनन् ।