काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता एव सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल ‘हत्या’ प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ र पूर्वआईजीपी सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता भएको छ।
उनीहरुविरुद्ध बुधबार जिल्ला सरकारी वकिलको कार्यालय, सर्लाहीमा जाहेरी दर्ता भएको हो । जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीले जाहेरी सनाखत सकिएको र प्रतिवेदन सर्वोच्चमा पठाउने काम भइरहेको जनाएको छ ।
यसअघि सर्वोच्च अदालतले जाहेरी दर्ता गरेर अनुसन्धान गर्नू भनि आदेश जारी गरेको थियो । अब उनीहरुमाथि अनुसन्धान अघि बढाइने सर्लाहीका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए ।
यसअघि महान्यायाधीवक्ता कार्यालयले जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीलाई पत्र लेखेर जाहेरी दर्ता गर्न भनेको थियो । एकहप्ताभित्र जाहेरी दर्ता गर्न भनेकामा बुधबार नै जाहेरी दर्ता भएको हो ।
२०७६ असार ५ गते दिउँसो पौडले दोहोरो भिडन्तमा मारिएको प्रहरीले दावी गर्दै आएको थियो । तर तर, मानव अधिकार आयोगको टोलीले छानबिन गर्दा कुमारको इन्काउन्टर नभएर हत्या गरिएको निर्षकर्ष निकालेको थियो । त्यसबेला आयोगले सरकारलाई ८ बुँदे निर्देशनसमेत जारी गरेको थियो ।