काठमाडौं । चीन सरकारले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज सिनोभ्याक खोप दिने भएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छले उक्त मात्रामा खोप नेपाललाई दिन लागेको बताएकी हुन् ।
नेपालमा अहिलेसम्म उपयोगमै नआएको उक्त खोप चीन सरकारले अनुदानमा दिन लागेको हो ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँगको भेटमा राजदूत यान्छीले खोप उपलब्ध गराउन लागेको बारे बताएकी थिइन् । राज्यमन्त्री श्रेष्ठले पनि सामाजिक सञ्जाल ट्वीटमार्फत चीनले अनुदानमा १० लाख मात्रा खोप दिन लागेको बताएका छन् ।