जसपाको भागमा उपसभामुखसहित चार मन्त्रालय, को-को बन्दैछन् मन्त्री ?

जसपाको भागमा उपसभामुखसहित चार मन्त्रालय, को-को बन्दैछन् मन्त्री ?

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चारवटा मन्त्रालय पाउने भएको छ। पार्टी संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपंक्षी विकास, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालय दिने सहमति भएको जानकारी गराएका हुन्।

सत्तारुढ गठबन्धनका दलहरूको बैठक मंगलबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको थियो । बैठकले आफ्नो पार्टीलाई ४ वटा मन्त्रालय दिने निर्णय गरेको कुरा पार्टी संसदीय दलको नेतासमेत रहेका यादवले संसदीय दलको बैठकमा जानकारी गराएको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिए ।

त्यसैगरी पार्टीले उपसभामुख पनि पाउने भएको छ । पार्टीबाट राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राइ, डा सुरेन्द्र यादव, प्रदिप यादव, रामसहाय यादव, राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादवको नाम मन्त्री बन्ने लिस्टमा रहेको बताइएको छ । यस्तै, महिलाबाट प्रमिला यादव र रेणु यादवमध्येबाट एकजना उपसभामुख बन्ने सम्भावना छ । बैठकले पार्टीको तर्फबाट मन्त्री बन्नेहरूको नामावली टुंगो लगाउने जिम्मेवारी अध्यक्ष यादवलाई दिएको छ।