मन्त्रालय भागवण्डामा जुटेन सहमति, सत्ता गठबन्धन धरापमा

मन्त्रालय भागवण्डामा जुटेन सहमति, सत्ता गठबन्धन धरापमा

काठमाडौं । सत्ता गडबन्धनमा मन्त्रालय भागवण्डालाई लिएर विवाद चुलिएको छ । एकीकृत समाजवादी र जसपाले आकर्षक मन्त्रालय नेपाली काँग्रेस र माओवादी केन्द्रले बव्जा गरेको भन्दै सरकारमा सहभागी नहुने चेतावनी दिएका छन् । मन्त्रालयको संख्याको विषयमा पनि गठबन्धनमा विवाद देखिएको छ । 

नेपाली काँग्रेस र माओवादी केन्द्रले आकाँक्षीको व्यवस्थापन गर्न गाह्रो भएको भन्दै संसद् संख्याको आधारमा मन्त्रालय भागवण्डा हुनुपर्ने बताउँदै आएका छन् । यसको आधारमा भागवण्डा भएमा काँग्रेसले १० र माओवादीले ८ मन्त्रालय पाउने देखिन्छ । तर एकीकृत समाजवादीले ४ र जसपाले ३ मन्त्रालयमा चित्त बुझाउनुपर्ने अवस्था आएपछि उनीहरुले सरकारमा सहभागी नहुने चेतावनी दिएका छन् । 

सहमति जुटाउन बसेको कार्यदलको बैठकमा सबै दलले आ आफ्नै अडान दोहोर्याएपछि सहमतिको वातावरण विग्रिएको छ । कार्यदलले सहमति जुटाउने जिम्मा पुनः शीर्ष नेतालाई नै दिएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएको ८२ दिन पुग्दासमेत अधिकाँश मन्त्रालय खाली रहेका छन् । जसले दैनिक काम नै प्रभावित भएका छन् ।